Section 3
भन्सार क्षेत्र तथा बाटो तोक्न सक्ने
(१) भन्सार सम्बन्धी कानूनको प्रशासन गर्ने तथा यस ऐन बमोजिम भन्सार महसुल सङ्कलन गर्ने प्रयोजनको लागि ०अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालको कुनै क्षेत्रलाई भन्सार क्षेत्रको रुपमा तोक्न सक्नेछ ।
(१क) राहत सामग्री जाँचपास गर्ने प्रयोजनको लागि वा विपद्को अवस्थामा उपदफा (१) बमोजिमको प्रयोजनको लागि महानिर्देशकले नेपालको कुनै क्षेत्रलाई भन्सार क्षेत्रको रूपमा तोक्न सक्नेछ । त्यसरी तोकिएको भन्सार क्षेत्रको प्रयोजन समाप्त भएपछि महानिर्देशकले त्यस्तो भन्सार क्षेत्र खारेज गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको भन्सार क्षेत्रबाट नेपाल भित्र पैठारी हुने वा नेपालबाट निकासी हुने बाटो अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोक्न सक्नेछ ।
तर उपदफा (१क) बमोजिमको भन्सार क्षेत्रबाट नेपालभित्र पैठारी हुने वा नेपालबाट निकासी हुने बाटो महानिर्देशकले तोक्न सक्नेछ ।
(३) नेपालभित्र पैठारी हुने वा नेपालबाट निकासी हुने मालवस्तु उपदफा (२) बमोजिमको बाटोबाट मात्र निकासी वा पैठारी गर्नु पर्नेछ ।
(४) उपदफा (३) को अधीनमा रही कुनै खास प्रकृतिका मालवस्तुहरुलाई कुनै खास भन्सार कार्यालयबाट मात्र निकासी वा पैठारी गर्न सक्ने गरी महानिर्देशकले तोकिदिन सक्नेछ ।
(५) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तोकिए बमोजिमका मालवस्तु वा तोकिए बमोजिमका मूल्यसम्मका मालवस्तु छोटी भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न सक्ने गरी महानिर्देशकले तोक्न सक्नेछ ।